Wednesday, August 5, 2009

चासो अनमिनको


एकीकृत माओवादीले घोषणा गरेको आन्दोलनबारे नेपालस्थित संयुक्त राष्ट्रसंघीय नियोग अनमिनले चासो व्यक्त गरेको छ । माओवादी संविधानसभा दलको कार्यालयमा बुधबार बिहान भएको भेटमा अनमिन प्रतिनिधिले माओवादीले हालै सार्वजनिक गरेको साढे दुइ महिना लामो आन्दोलनले शान्ति प्रकृया, संविधान लेखन लगायतमा प्रभाव पार्ने भन्दै चासो व्यक्त गरेका थिए ।
दलहरुबीचको दूरीको कारण उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण समेत अन्यौलमा परेको भन्दै सहमतिका लागि प्रतिबद्ध हुन अनमिनले आग्रह गरेको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । भेटमा संविधान निर्माण, शान्ति प्रकृया, सेना समायोजन लगायतका बिषयमा माओवादी प्रतिबद्ध रहेको नेतृत्वले विश्वास दिलाएको श्रेष्ठले बताए ।
अनमिनले संयन्त्र निर्माणमा सहमति जुटाउन उच्चस्तरीय छलफल अघि बढाउन सुझाव दिएको थियो । सेना समायोजन तथा शान्ति प्रकृया निष्कर्षमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्दै आएको अनमिनले तोकिएकै समयमा कार्य सम्पन्न गर्न घोषित आन्दोलनले अप्ठ्यारो पार्ने भन्दै माओवादी नेतृत्व भेटेको हो ।

No comments:

Post a Comment