Saturday, October 31, 2009

कमरेडहरु ! अघि बढौं

एकीकृत नेकपा माओवादीले आजबाट सुरु गर्ने दोस्रो चरणको आन्दोलनको कार्यक्रमलाई सफल पार्नका लागि डटेर लाग्न पार्टी अध्यक्ष प्रचण्डले कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । उहाँले कार्यकर्ताहरुलाई आन्दोलनका कार्यक्रमलाई अन्तिम समयसम्म शान्तिपूर्ण बनाउनसमेत निर्देशन दिनुभएको छ । नेवाः राज्य समितिभित्र रहेका करिब दुई हजार जिल्ल्ाास्तरीय कार्यकर्तालाई अध्यक्ष प्रचण्डले यस्ता निर्देशन दिनुभएको हो । पार्टी केन्द्रीय समितिको निर्णयका बारेमा जानकारी गराउन र राजधानी केन्द्रित आन्दोलनका बारेमा जिल्लास्तरीय कार्यकर्ताहरुका लागि माओवादी नेवाः राज्य समितिले आइतबार ललितपुरस्थित खन्नागार्मेन्टमा दुई चरणमा राजनीतिक वैचारिक प्रशिक्षणको आयोजना गरेको थियो । नागरिक सर्वोच्चताका लागि आइतबारबाट सुरु हुन थालेको माओवादी आन्दोलनको राजधानीमा हुने कार्यक्रमका लागि अन्तिम तयारीका रुपमा रहेको उक्त प्रशिक्षण हलमा एकै चरणमा सबै नअटाउने भएपछि बिहान ८ बजे र दिउँसो ३ बजे गरी दुई चरणमा कार्यक्रम साचालन गरिएका थिए । यसपालीको सङ्घर्षको कार्यक्रममा काठमाडौं उपत्यका र यस वरिपरिका क्षेत्रका कार्यकर्ताले निर्णायक भूमिका खेल्नुपर्ने बताउनुभएका अध्यक्ष प्रचण्डले इतिहासले सुम्पिएको जिम्मेवारीलाई इमान्दारिताकासाथ पूरा गर्न विशेष निर्देशन दिनुभयो । राष्ट्रपतिको असंवैधानिक कदमको खारेजी नागरिक सर्वोच्चताको स्थापना राष्ट्रिय स्वाधीनताको रक्षा शान्ति र संविधानका लागि माओवादी नेतृत्वमा राष्ट्रिय संयुक्त सरकारको माओवादी मागमा सत्ताधारी दलहरु सहमतिमा नआएपछि माओवादी आइतबारबाट दोस्रो चरणको आन्दोलनमा प्रवेश गर्दैछ । कार्यकर्ताहरुलाई निर्देशन दिने क्रममा माओवादी अध्यक्ष प्रचण्डले पार्टीले गर्न थालेको आन्दोलन सरकारमा जानका लागि हो भन्ने भ्रममा कोही पनि नपर्न आग्रह गर्नुभयो । ुपार्टी सरकारमा जानकै लागि आन्दोलन गर्न थालेको हो कि भन्नेमा कोही भ्रमित छ भने त्यो पार्टी नीति विपरीत हुनेछ भावनाविपरीत हुनेछु उहाँले आन्दोलन नागरिक सर्वोच्चता स्थापनाका लागि बढी केन्द्रित हुने कार्यकर्ताहरुलाई स्पष्ट पार्नुभयो ।अध्यक्ष प्रचण्डले मुख्य गरी िसंहदरबार घेराउ कार्यक्रम बढीभन्दा बढी कलात्मक र शान्तिपूर्ण हुने बताउनुहुँदै आन्दोलनका लागि नयाँनयाँ कलाको विकास गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । ुिसंहदरबारको गेटमा जाने २ घण्टा धर्ना बस्नेजस्तो कार्यक्रम हुन्न अहिले कलात्मकभन्दा कलात्मक बनाउनुपर्छु कार्यकर्ताहरुलाई उहाँले भन्नुभयो ुव्यानर कस्ता बनाउने अरु अरु कस्ता ल्याउने भन्ने विषयमा तपाईंहरुले पनि सोच्नु होला सबैको कला केन्द्रित गर्ने हो ।ुिसंहदबार घेराउ कार्यक्रमलाई उत्सवका रुपमा मनाउनुपर्ने भन्दै उहाँले जनताका लागि क्रान्ति उत्सव नै भएको बताउनुभयो । ुक्रान्ति जनताका लागि उत्सव नै होु प्रचण्डले कार्यकर्ताहरुलाई भन्नुभयो ुयो कार्यक्रमलाई उत्सवकै रुपमा अगाडि बढाऔं ।ुप्रशिक्षण कार्यक्रममा माओवादी उपाध्यक्ष मोहन वैद्य ुकिरणु नारायणकाजी श्रेष्ठ ुप्रकाशु महासचिव रामबहादुर थापा ुबादलु पोलिटव्युरो सदस्य तथा नेवाः राज्य समिति इन्चार्ज हितमान शाक्यले कार्यकर्ताहरुलाई विशेष उत्साहका साथ सङ्घर्षको कार्यक्रममा होमिन निर्देशन दिनुहुँदै बढीभन्दा बढी जनताको सहभागिता गराउने विषयमा ध्यान दिन निर्देशन दिनुभएको थियो । प्रशिक्षणमा उपाध्यक्ष किरणले माओवादीले सरकारमा सहभागी हुनका लागि नभई नागरिक सर्वोच्चता राष्ट्रिय स्वाधीनता शान्ति र संविधानका लागि आन्दोलन गर्न थालेको बताउनुभयो । तत्कालीन राजा ज्ञानेन्द्रले गरेका माघ १९ को ुकु र राष्ट्रपति रामवरण यादवले गरेका ुकु उस्तैउस्तै खाले भएको बताउहुँदै उहाँले ुज्ञानेन्द्रको ुकु लोकतन्त्रका विरुद्ध भएको र रामवरणको ुकु राष्ट्रिय स्वाधीनताविरुद्धको भएकोु बताउनुभयो । दुई चरणको प्रशिक्षणमा काठमाडौं भक्तपुर र ललितपुरको भूगोलमा कार्यरत विभिन्न जनवर्गीय सङ्गठन मोर्चा र विभागमा कार्यरत जिल्लास्तरको हैसियत राख्ने कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


Read more...