Saturday, August 8, 2009

नेपाली सेनाको इतिहासमै सबैभन्दा बढी विवादित र बदनाम सेनापति

नेपाली सेनाको इतिहासमै सबैभन्दा बढी विवादित र बदनाम प्रधानसेनापति रुक्माङ्गद कटवाल भएका छन ।उनले आफनो बिवादीत ३ बर्षे कालकाल सकेर २४ साउनदेखी बीदामा बसेका छन । उनले भदौ २५ गते अनिवार्य अवकाश पाउँदैछन् । प्रधानसेनापतिले अवकाश पाउनु १ महिनाअघिदेखि नै बिदामा बस्नुपर्ने प्रचलनअनुसार उनी बिदामा बसेका हुन् । यो अवधिमा नयाँ प्रधानसेनापतिका दावेदारले कार्य अनुभव गर्ने नेपाली सेनामा चलन छ । कटवालको बिदाईसागै दोस्रो बरियताक्रममा रहेका रथी छत्रमान गुरुङले कामु प्रधानसेनापति पाउने भएका छन् ।जुन कटवालका बिश्वास पात्र भएपनि सैनिक ईतिहास मै पहिलो जनजाति सेनापति हुन ।सेनापति प्रकरणको केन्द्रीय पात्र कटवालको बर्खास्ती गर्ने सरकारको निर्णयविपरीत राष्ट्रपतिले थमौती गरेपछि गत वैशाख अन्तिम सातायता राजनीतिक सङ्कट जारी छ । २०६३ भदौ २५ गते प्रधानसेनापतिमा नियुक्तिसागै विवादमा तानिएका कटवाल दोस्रो जनआन्दोलनका अपराधीसमेत हुन् । जनआन्दोलन दमन गर्न सघाएको भन्दै कटवालको नियुक्तिप्रति माओवादीलगायतका केही दलले विरोध जनाएका थिए ।बिदामा बसेका कटवालले विगतमा दर्जनौं गैरकानुनी क्रियाकलाप गरेर नेपाली सेनाको संस्थालाई नै बदनाम गराए । नागरिक सर्वोच्चतालाई चुनौती दिादै आएका उनले नयाँ सैनिक भर्ती, पााचौं राष्ट्रिय खेलकुदका केही खेल बहिष्कार र आठ सहायक रथीको अवकाश प्रकरणले थप विवादको केन्द्र बनेका थिए ।उनले अहिलेसम्म उमेर ढााटेर र नक्कली सर्टिफिकेटका भरमा जागिर खाइरहेका थिए ।तत्कालीन राजा महेन्द्रले २०१३ सालमा पूर्वको ऐसेलुखर्क भ्रमण गर्दा एउटा सानो बच्चो उनका अगाडि आएर \\\'पढ्न पाइन महाराज, म गरिबले\\\' भन्दै रोएपछि त्यो ठिटोलाई साथै लिएर आएका थिए । ओखलढुङ्गा घर भएका कटवाललाई दरबारमा ल्याएपछि महेन्द्रले पढाएका थिए । पछि कटवालले नेपाली काङ्गे्रसका नेता क्याप्टेन यज्ञबहादुर थापालाई पक्राउ गरे । त्यतिबेला कटवाल नेपाली सेनामा सहसेनानी थिए । आफ्नो कुनै सम्पत्ति नलिई राजधानी आएका कटवालले नेपाली सेनाको अधिकृत बन्ने मौका पाएपछि चरम भ्रष्टाचार गरे, जसका कारण उनको काठमाडौंस्थित कोटेश्वरमा भव्य महल, भक्तपुर र ललितपुर र भारतको गुडगाउँसहित विभिन्न स्थानमा घरघडेरी जोडेका छन् । अहिले कटवाल, उनकी श्रीमती उमा कटवाल र छोरा सुकमाङ्गद कटवालका नाममा रहेको करोडौंको सम्पत्ति कटवालले अवैध तरिकाले जोडेका हुन् । तर नेपाल सरकारले गैरकानुनी रूपमा सेनामा व्यापक भ्रष्टाचार गरेर कमाएको अकुत सम्पत्तिबारे हालसम्म कुनै पनि हिसाब छानबिन गर्न सकेको छैन । कटवालले आफ्नो कार्यकालभर देशमा भएको राजनीतिक परिवर्तनलाई आत्मसात त गरेनन् बरु नागरिक सर्वोच्चतालाई चुनौती दिए । अहिलेसम्म सेनाले प्रयोग गर्ने लेटर प्याडमा शाही नेपाली सेना, श्री ५ को सरकार र सेनाको क्याम्पहरूमा राजाले झै आफ्नो महावाणी लेख्न लगाएर सेनालाई यथास्थितिमै राख्ने दुष्प्रयास गरे । उनको निवास शशी भवनका कक्षहरूमा अहिले पनि पूर्वराजा ज्ञानेन्द्र र कोमलका तस्बिरहरू टाासिएका छन् । सेनापति कटवालले आफ्ना नजिकका व्यक्तिहरूसाग आफूलाई राष्ट्रवादी बताउँदै राजतन्त्र अझै आवश्यक रहेको वकालत गरिरहेका छन् । राजाका तस्बिर टाासेर राजतन्त्र आवश्यक भएको अभिव्यक्ति दिने कटवालले वास्तविक गणतन्त्रवादी नेताहरूको भने खोइरो खन्दै आएका छन् । आफूलाई राष्ट्रवादी भन्न पछि नपर्ने कटवाल कति राष्ट्रवादी छन् भन्ने कुरा त केही समयअघि उनले अमेरिकामा कालो व्यापार गरेर बस्ने भारतीय नागरिकसाग आफ्नो छोरीको विहे गराई दिएबाट स्पष्ट हुन्छ । छोरीको विहेमा कटवालले सैनिक संस्थाबाटै करोडौं रुपियाँ खर्च गरेका थिए । देशमा भारतीय हस्तक्षेप भइरहादा उनले सीमाका बारेमा चुसम्म पनि बोल्ने हिम्मत गरेनन् । उनले नेपाली सेनामा मेजर पदमा कार्यरत आफ्ना छोरा सुक्माङ्गद कटवाललाई कहिल्यै पनि अप्ठेरो ठाउँमा पठाएनन् बरु गैरकानुनी रूपमा सुक्माङ्गदलाई अमेरिकामा स्टाफ कलेज गर्न पठाए । उनले आफ्नोजस्तै छोराको पनि सर्टिफिकेट भारतबाट खरिद गरी सैनिक सेवामा छिराएका थिए । अहिले कटवाल पुत्र जीवनभर कमिसन आउने सेनाको एउटा महत्त्वपूर्ण ठेक्काको सदस्यसमेत छन् ।विगतमा तत्कालीन राजा ज्ञानेन्द्रलाई \\\'कू\\\' गर्न सल्लाह दिने कटवालले त्यतिबेला \\\'कू\\\'को सन्दर्भमा आफैं वक्तव्य डा्रफ्ट गरी विभिन्न व्यक्तिलाई हस्ताक्षर गर्न लगाउँथे । एकपटक कटवालले ओखलढुङ्गा जिविसका पूर्वसभापति प्रेमनारायण प्रेमीलाई आफैं घरमा बोलाई यस्तो वक्तव्यमा हस्ताक्षर गर्न दबाब दिएका थिए । नाताले कटवालका भतिज पर्ने प्रेमीले शाही \\\'कू\\\'को पक्षमा लेखिएको वक्तव्यमा हस्ताक्षर गर्न नमानेपछि दुवैबीच अहिलेसम्म बोलचाल छैन । नेपाली सेनाको प्रधानसेनापतिमा रहेर कटवालले गरेका भ्रष्टाचार, पदको दुरुपयोगलगायतका क्रियाकलापले सैनिक संस्था नै बदनाम भएको छ । उनले सिङ्गो सैनिक संस्थालाई राजनीतिमा मुछ्ने काम गरे । अहिले कटवालले आफ्नो कठपुतली तथा भावी प्रधानसेनापतिको रूपमा अघि सारेका रथी छत्रमान गुरुङ कटवालको बाटोबाट नजोगिने हो भने सैनिक संस्था अझ बदनाम हुने निश्चित छ ।


Read more...