० तिब्बतीहरु उचाल्लन मुस्ताङमा लगानी बढाउने
० सुदले बिद्यार्थीलाई हिन्दीमा गित गाउन लगाए
चीनबिरुद्ध गतिबिधि बढाउन मुस्ताङ पुगेका भारतीय राजदुत राकेश सुदले मुस्ताङमा अझ लगानी बढाउने बताएका छन ।भ्ारत सरकारको लगानीमा भएका विकास निर्माणका गतिबिधीहरुको निरीक्षण गर्ने बहानामा चीनको जासुसी गर्न शुक्रवार राजदुत रोकश सुदसहितको जम्बो भारतीय टोली हिमालपारीको जिल्ला मुस्ताङ आएको छ । जिल्लाका चिनिया प्रभावको जासुस गर्न राजदुत राकेश सुद सहितको भारतिय एक टोलि तल्लो र उपल्लो मुस्त्ााङको गतिबिधीहरुको निरीक्षण एक हप्ताको लागि पोखरा हुदैं जोमसोज आएको हो ।मुस्ताङ भ्रमणको क्रममा राजदुत सुदले भारत सरकारको ३ करोड लगानीमा मुस्ताङको कोबाङ गाउँ विकास समितिमा निर्मीत जनआदर्श मावीको भवन जनशान्ति माध्यामिक विद्यालय कागबेनीको ८० लाखमा निर्मीत पुस्तकालय उद्घाटन गरे । राजदुत सुदले बिद्यार्थीहरुलाइ हिन्दी बोल्न दवाव दिएका थिए । निरिक्षणका क्रममा योगेन्द्र उच्च मा।वि। टुकुचेमा राजदुत सुदले विद्यार्थीहरुलाई हिन्दीमा गीत गाउन लगाएका थिए ।सदरमुकाम जोमसोमको कालिगण्डकी नदिमा करिव ५ करोड बरावरको पक्की पुल निर्माणको लागि सहयोग प्रदान गर्ने कार्यक्रम रहेको छ । यसैबिच उपल्लो मुस्ताङको छोन्हुप गाविसको नामग्यल गुम्बा निमार्णको लागि ४ करोड १३ लाख सहयोग दिने कार्यक्रम समेत रहेको छ । आइतवार उपल्लो मुस्ताङ लागेका राजदुत सुदले सोमवार लोमन्थाङस्थित छोदे गुम्बामा रहेको महाकरुणा शाक्यपा विद्यालय हाताभित्रको भुमिगत खानेपानी टंकीको समेत उद्घाटन गरेका छन् । उक्त खानेपानी आयोजना १० लाख ७१ हजार १९५ रुपया ७८ पैसा भारतीय लगानीमा सम्पन्न भएको छ । मुस्ताङ भ्रमणको अन्तिम दिन असोज २९ गते मुक्तिनाथमा ३ करोडको लगानीमा निर्माणाधिन धर्मशालाको निरक्षण गर्ने कार्यक्रम छ । भ्रमणको क्रममा भारतिय राजदुतले भारत सरकारको लगानिमा नेपालको विभिन्न जिल्लामा करिव बाइस अर्व बरावरको करिव तिनसय पचासभन्दा बढि परियोजना संचालनमा रहेको बताउनु भएको छ । यसै क्रममा सोमवारनै राजदुत सुदले चीनको स्वासासित क्षेत्र तिब्बतको सिमानामा पर्ने छोन्हुप गा।वि।स।sाे नाम्ग्याल स्थित पाल नाम्ग्याल गुम्बाको समेत निरिक्ष्ण गरेका छन् । तल्लो र उपल्लो मुस्त्ाामा १७ करोड बरावरको विकास निमार्णमा लगानि भइसकेको बताउदै भारतिय लगानिको अिधंकतम प्रयोग गरे सहयोग रकममा थप गर्ने समेत बताए । टोलि मंगलवार उपल्लो मुस्ताङको लोमान्थाङ गा।वि।स। बाट तल्लो मुस्ताङका लागी प्रस्थान गर्ने छ ।
Read more...