Saturday, November 7, 2009

संविधानसभा विघटन गराउने षड्यन्त्रमा काङ्गे्रस र एमाले


०० काङ्ग्रेसले तयार पारेको प्रस्तावमा संविधानसभा विघटन गरी राष्ट्र्रपति शासन लागू गर्ने र २०४७ सालमा जस्तै संवैधानिक आयोग बनाएर संविधान जारी गर्ने

०० संविधानसभाबाट नयाँ संविधान बनाउँदा एमाले-काङ्ग्रेसको भविष्य समाप्त हुने निष्कर्ष

सरकारको नेतृत्व गरेको नेकपा एमाले र नेपाली काङ्ग्रेस संविधानसभा विघटन गरी राष्ट्रपति शासन लागू गराउने षड्यन्त्रमा लागेको एमालेकै एक वरिष्ठ उपाध्यक्षले खुलासा गरेका छन् ।शनिबार एमाले निकट पत्रकारहरुको पार्टी कमिटी साचार ईलाकाको उद्घाटन गर्दै एमालेका वरिष्ठ उपाध्यक्ष अशोक राईले उक्त कुराको खुलासा गरेका हुन् ।ुकाङ्ग्रेसका नेताहरुले संविधानसभा विघटन गराउने प्रस्ताव एमालेसमक्ष ल्याएका थिएु उनले खुलासा गरॆ ुतर एमालेले त्यो प्रस्ताव मानेन ।ुउपाध्यक्ष राईका अनुसार काङ्ग्रेसले ल्याएको उक्त प्रस्तावमा संविधानसभा विघटन गरी राष्ट्रपति शासन लागू गर्ने र २०४७ सालमा जस्तै संवैधानिक आयोग बनाएर संविधान जारी गर्ने थियो ।ुकाङ्ग्रेसको उक्त प्रस्ताव काङ्ग्रेसकै कतिपय नेताहरुले अस्वीकार गरेका थिएु एमाले उच्च स्रोतले शनिबार बेलुका जनदिशासँग भन्यो ुकाङ्ग्रेसको दक्षिणपन्थी समूहले तयार पारेको उक्त प्रस्तावमा एमालेको पनि दक्षिणपन्थी समूह मान्न तयार छ तर हामीलाई भने त्यो कदापी मान्य छैन ।ुकाङ्ग्रेस र एमालेको दक्षिणपन्थी समूहले संविधानसभाबाट नयाँ संविधान बनाउँदा माओवादीले उठाएका मुद्दा मात्र पास हुने र संविधानसभापछिको चुनावमा माओवादीको बहुमत आउने देखेर उनीहरु संविधानसभाको विघटन गरी राष्ट्रपति शासनमार्फत आयोग बनाएर संविधान जारी गर्ने षड्यन्त्रमा लागेको उक्त स्रोतको दाबी छ । ुसंविधानसभाबाट जाँदा माओवादीको बहुमत आउँछु स्रोतले काङ्गे्रस-एमालेको दक्षिणपन्थी समूहलाई उद्धृत गर्दै भन्यो ुमाओवादीलाई सत्तामा लैजान हामी किन सिधा बाटोबाट जाने ुएमालेमा उक्त दक्षिणपन्थी समूहको नेतृत्व केपी ओलीले गरेका छन् भने काङ्ग्रेसबाट शेरबहादुर देउवाले गरेका छन् । सो समूह संविधानसभाका अधिकांश समितिहरुमा माओवादी एजेन्डा पारित हुँदा अझ बढी अत्तालिएको छ स्रोतले बतायो । संविधानसभाका समितिहरुमा माओवादी मुद्दा पारित हुन् थालेपछि विभिन्न विदेशी गुप्तचर निकायहरुले पनि आºनो अध्ययनलाई तीब्र पारेका छन् । उनीहरुले आºनो अध्ययन प्रतिवेदन नै तयार पारिसकेका छन् । ुउक्त प्रतिवेदन एमाले-काङ्ग्रेसको त्यही उग्र समूहसँग छ त्यसैले उनीहरु राष्ट्रपति शासन लागू गराउने षड्यन्त्रमा लागेका हुनु स्रोतले भन्यो । प्रतिवेदनमा संविधानसभाबाट नयाँ संविधान बनाउँदा एमाले-काङ्ग्रेसको भविष्य समाप्त हुने निष्कर्ष रहेको स्रोतले जानकारी दियो । यस्तै द्वन्द्वग्रस्त मुलुकहरुको अध्ययन गर्ने अन्तर्राष्ट्रिय पूर्व राष्ट्र प्रमुखहरुको साजाल ुइन्टरनेशनल ईमरजेन्सी कमिटीु ले पनि माओवादी सरकारबाट बाहिरिएपछि उसको शक्ति बढेको रिर्पोट तयार पारेको छ । उक्त रिर्पोटमा अब हुने चुनावमा माओवादीको बहुमत आउने र अन्य दलहरुको भविष्य समाप्त हुने निष्कर्ष निकालिएको छ । सो समितिले पनि अहिले सरकारमा रहेको दलहरुलाई संविधानसभा विघटन गराउन सुझाव दिएको बताइएको छ ।यस्तै शुक्रबार मात्र काठमाडौंको एक होटलमा बसेको नेपाली काङ्ग्रेसको युवा समूहको बैठकले संविधानसभा विघटन गरी राष्ट्रपति शासन लागू गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको छ । संविधानसभाका समितिमा माओवादी मुद्दा पारित हुँदै गएकाले अब काङ्ग्रेसको भविष्य समाप्त हुने निष्कर्ष निकाल्दै राष्ट्रपतिको शासनमार्फत आयोग बनाएर नयाँ संविधान जारी गर्न नेतृत्वलाई सुझाव दिएको सो बैठकमा सहभागी एक नेताले जनदिशालाई बताए ।यस्तै एमाले उपाध्यक्ष अशोक राईले राष्ट्रपतिलाई असंवैधानिक कदम चाल्न लगाउने १८ दलको निवेदनमाथि आºनो पार्टीभित्र कुनै छलफल नै नभएको पनि खुलासा गरे । ु१८ दलले राष्ट्रपतिलाई बुझाएको निवेदनमा पार्टीभित्र कुनै छलफल भएनु उनले भने ।उपाध्यक्ष राईले संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले हालै मात्र संयुक्त राष्ट्रिय सरकार बनाउन गरेको आग्रहप्रति २२ दलको बैठकले आन्तरिक मामिलामा हस्तक्षेप भनेर गरेको निर्णयमा आपुू सहमत नभएको पनि बताएका छन् । ुराष्ट्रसंघलाई आरोप लगाउने २२ दलहरुले गरेको निर्णय पनि पार्टीमा कुनै छलफल विना भएको छु उनले भने ुयसमा म सहमत छैन ।ु


Read more...