Monday, August 24, 2009

प्रशासनको शान्ति प्रकि्रया भाडने षडयन्त्र

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको सुरक्षाका लागि नेपालगन्ज गएर फर्किएको जनमुक्ति सेनाको बि्रगेड कमान्डरसहित

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको सुरक्षाका लागि नेपालगन्ज गएर फर्किएको जनमुक्ति सेनाको बि्रगेड कमान्डरसहित दुईदर्जन जनसेनाका सदस्यहरुलाई कपिलवस्तुमा प्रहरीले दुव्र्यवहार गरेको छ ।दाङबाट बुटवलतिर आउँदै गरेको जनसेना चढेको चारवटा गाडीलाई पूर्वपश्चिम राजमार्गको कपिलवस्तु ४ नम्बर जितपुरमा रोकेर सशस्त्र तथा जनपद प्रहरीले नियन्त्रणमा लिई दुव्यर्वहार गरेको हो ।अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन नेपालगन्ज गएका अध्यक्ष प्रचण्डको सुरक्षाका निम्ति जनसेनाको सातौं डिभिजन कमान्डर परवानाले चौथो डिभिजनसँग समन्वय गरी नवलपरासीबाट बोलाएका जनसेना सदस्यहरु फर्किने क्रममा प्रहरीले अकस्मात गाडी रोकेर खानतलासीका क्रममा हातपात गर्दै बा००१अ ७० बा००१अ ६८ बा५च ८८४८ र बा५च ५१५९ नम्बरको गाडीसहित दुईदर्जन जनसेना सदस्यहरुलाई सदरमुकाम तौलिहवा लगिएको थियो ।जनसेनाका सदस्यहरुलाई प्रहरीले गृह प्रशासनको निर्देशनमै हातपात गर्ने काम भएको भन्दै जनसेनाका प्रमुख पासाङले जनसेनालाई उत्तेजित बनाइ भिडन्त गराउन खोज्ने प्रतिगामीहरुले षड्यन्त्र गरेको बताउनुभयो । घटनापछि अनमिन टोली सदरमुकाम तौलिहवा गएर उहाँहरुलाई सोमबार साँझ नै छाडिएको माओवादी कपिलवस्तु जिल्ला सचिव अनुपले जानकारी दिनुभयो । प्रहरीले तौलिहवा लगेका जनमुक्ति सेनाका सदस्यहरुमा सैनामैना स्मृति बि्रगेडका कमान्डर सूर्यबहादुर घर्ती मगर बिग्रेड सहायक कमान्डर शक्ति बोहोरालगायत रहेका थिए ।साथै प्रहरीले जनमुक्ति सेनाका आठवटा अनमिनले दर्ता गरेका हतियारसमेत लगेको थियो ।

No comments:

Post a Comment