Monday, August 24, 2009

एमालेमा पाँच गुट

नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र अर्का वरिष्ठ नेता केपी शर्मा ओलीबीचको दोहोरीका कारण एमालेभित्रको गुटबन्दी छताछुल्ल भएको छ ।तीन गुटमा रहँदै आएको एमालेभित्र पछिल्लो समयमा पाँच गुट स्पष्टसँग देखापरेका छन् ।खनाल ओली र नेपाल गरी तीन गुटबाट अहिले अन्य दुई गुट पनि देखिएका छन् । जसमा खनाल-नेपाल गुट र नेपाल-ओली गुट पनि प्रस्टसँग देखिन थालेका छन् ।बुटवल महाधिवेशनमा प्रधानमन्त्री नेपाल गुटले ओलीलाई साथ दिएको थियो यति हुँदाहुँदै पनि अध्यक्षमा पराजित ओलीको केन्द्रीय समितिमा भने बहुमत छ ।अहिले प्रधानमन्त्री नेपाल पार्टीभित्रै दुई गुटको चेपुवामा परेका छन् । माओवादी नेतृत्वको सरकार ढालेर नेपाललाई २२ दलको समर्थनमा प्रधानमन्त्री बनाएको दाबी गर्दै ओलीले प्रधानमन्त्री नेपाल आºनो निर्देशनमा चल्नुपर्ने बताएका छन् भने पार्टी अध्यक्ष खनालले पार्टीको निर्देशनअनुसार चल्न दबाब दिएका छन् ।त्यसो त पहिलेदेखि नै तीन गुट सकि्रय रहँदै आएको एमालेमा सरकारमा सहभागी मन्त्रीहरु पनि ब्यालेन्स मिलाउनका लागि तीन गुटबाट नै २२ जनाको दरले सहभागी गराइएको थियो ।प्रधानमन्त्री नेपाल स्रोतका अनुसार प्रधानमन्त्री दुवैले दबाब दिन थालेपछि पछिल्लो समयमा दुवै गुटका कुरा सुन्न छाडेका छन् । पार्टीभित्र खनाल समूहमा धेरै इमान्दार कार्यकर्ता रहेका छन् भने महाधिवेशनमा ओलीलाई समर्थन गरेका कार्यकर्ता पनि अहिले नेपालतिरै फर्केका छन् ।

No comments:

Post a Comment