Tuesday, September 1, 2009

प्रमका लागि एमालेभित्रै विकल्प खोजी,शशी कचिलाको ठाउँमा ओली सभासद् बन्ने

भारतीय शासकको सहयोगमा निर्माण भएको प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले आºनो सय दिने कार्यकाल भर्खरै बिताएको छ । अधिकांश नेपाली जनताले कुनै अपेक्षा नराखेको यस सरकारबाट भारतीय शासकसमेत सन्तुष्ट हुन सकेनन् । जसका कारण अहिले भारतले प्रधानमन्त्री नेपालको विकल्प खोज्ने कसरत सुरु गरिसकेको छ । प्रधानमन्त्रीका लागि भारतको सबैभन्दा बढी प्राथमिकतामा एमाले वरिष्ठ नेता केपी शर्मा ओली रहेका छन् । भारतको पक्षमा नेपालभन्दा उनी दह्रो अडान राख्ने व्यक्ति हुन् । उनकै सहयोगमा माधव नेपाल प्रधानमन्त्री बनेका थिए । भारतले ओलीलाई सभासद् बनाएर प्रधानमन्त्री बनाउन लिबš सुरु गरेको छ ।ओलीले अहिले पार्टीमा विवाद खडा गरेर सभासदका लागि बार्गेिनšÚ गरिरहेको स्रोतको दाबी छ ।ओलीले मन्त्रिपरिषद्बाट मनोनित आपुूनिकट सभासद् शशी कचिलालाई राजीनामा दिन लगाएर उनको ठाउँमा आपुू सभासद् बन्न लागेका छन् ।यसअघि प्रधानमन्त्री माधवकुमार नेपाल पनि तत्कालीन सभासद् सुशीलचन्द्र अमात्यलाई राजीनामा दिन लगाएर सभासद् हुँदै प्रधानमन्त्री बनेका हुन् । ओलीलाई सभासद् बनाउन कचिलाले मानिसकेको कुरा ओली निकट सूत्रले बताए पनि सभासद् शशी कचिलाले भने यो कुरा स्वीकारिनन् ।मलाई यो कुरा कसैले भनेको छैनÚ सभासद् कचिलाले जनदिशासँग भनिन् ।माधव नेपाललाई ठाउँ छोडेका अमात्य अहिले राजदूतका ­ुपमा प्रस्तावित छन् र कचिलालाई पनि त्यस्तै महह्वपूर्ण पदको आश्वासन दिएर ओलीलाई सभासद् बनाइँदैछ ।ओलीलाई सभासद् बनाउने कुराप्रति एमाले अध्यक्ष झलनाथ खनाल र प्रधानमन्त्री माधवकुमार नेपाल सहमत छैनन् । तर ओलीले आपुू सभासद् नभएसम्म पार्टीभित्र बखेडा झिकिरहने देखिन्छ ।ओलीजस्तै सुजाता कोइराला पनि सभासद् बन्ने दौडधूपमा लागेकी छिन । ओली र कोइरालाको भारतको सहयोगमा सरकारको नेतृत्वमा पुग्ने म्याराथुन दौडमा कसले जित्छ त्यो अझै अनिश्चित छ । यसबाहेक भारतले अन्य नेताह­ुलाई पनि प्रधानमन्त्रीको आश्वासन दिएको राजनीतिक वृतमा चर्चा छ ।


Read more...