Tuesday, August 18, 2009

सुजाताको झाडापखालाले २२ पुतली सरकार संकटमा

२२ पुतली सरकारका प्रधानमन्त्री माधवकुमार नेपालको पाँच दिने औपचारिक भारत भ्रमण परराष्ट्रमन्त्री सुजाता कोइरालाले बहिष्कार गरेकी छिन् ।उनले उपप्रधानमन्त्री हुन नपाएको झोंकमा परराष्ट्रमन्त्री कोइरालाले बहिष्कार गरेकी हुन् ।मङ्गलबार जम्बो टोलीका साथ भारत
भ्रमणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका प्रधानमन्त्री माधव नेपाललाई परराष्ट्रमन्त्री सुजाता कोइरालाले फोन गरेर स्वास्थ्यको कारण देखाउँदै भ्रमण स्थगित गरेको जानकारी दिएकी थिइन् ।मङ्गलबार मन्त्रिमण्डल बनाएर उपप्रधानमन्त्री बनाउने पूर्वसहमतिअनुसार उपप्रधानमन्त्री नबनाइएकाले उनले भ्रमण स्थगित गरेकी थिइन् । काङ्गे्रस सभापति गिरिजाप्रसाद कोइरालाले पुत्री सुजाता कोइरालालाई मङ्गलबार नै उपप्रधानमन्त्रीको सपथ गराएर भारत भ्रमण जान भने पनि माधव नेपालले भ्रमणपछि मात्रै सपथ गराउने बताएपछि कोइरालाले अन्तिम समयमा असन्तुष्टि व्यक्त गर्दै भ्रमण बहिष्कार गरेकी थिईन ।केही दिनअघिको साता दिनव्यापी भारत भ्रमणपछि नेपालमा आºनो प्रभाव बढेको दाबी गर्दै आएकी कोइरालाले भ्रमणका बेला आपुू अर्को चोटी आउँदा उपप्रधानमन्त्री भएर आउने भारतीय नेताहरुलाई बताएकी थिइन् । तर अहिले पुरानै हैसियतमा भारत जानुपर्ने भएपछि इन्कार गर्दै भ्रमण बहिष्कार गरेकी हुन ।प्रधानमन्त्रीस्तरको औपचारिक विदेश भ्रमणमा परराष्ट्रमन्त्री अनिवार्य सहभागी हुने गरेको परम्परा रहेको छ । यसलाई विश्व कूटनीतिक प्रचलनको अभिन्न अङ्गका रुपमा पनि लिने गरिन्छ । त्यसैले प्रधानमन्त्रीको औपचारिक विदेश भ्रमणमा परराष्ट्रमन्त्रीको अनुपस्थितिले वर्तमान २२ पुतली सरकारलाई पहिलो गासमै ढुङ्गा लागेको छ ।यसले सरकारको आयु पनि धरापमा परेको छ । राजकीय भ्रमणमा परराष्ट्रमन्त्रीको ९९ प्रतिशत उपस्थिति हुने गरेको छ ।


Read more...