Monday, November 9, 2009

चीनबिरुद्ध आन्दोलन चर्काउन भारतिय दुतावासमा रअ र सिआइएको गोप्य बैठक


चीनबिरुद्ध तिब्बति आन्दोलन चर्काउन भारतीय गुप्तचर संस्था रअ र अमेरिकी गुप्तचर संस्था सिआइए का एजेन्टहरुको बैठक यसै साता नेपालस्थीत भारतीय राजदुतावासमा बस्ने तयारी भैरहेको छ । केही समय अघि भारतीय राजदूत राकेश सुद र धार्मीक गुरु दलाई लामाको गोप्य भेटघाटका क्रममा बनाइएको योजनाका िवÈयमा छलफल गरि नयाँ रण्ँनीति तयार पार्न भारतीय दुतावासमा ुरअु र ुसिआइएु का एजेन्टहरुको बैठक बस्ने भएको हो ।भारतीय दुताबासको उच्च श्रोतका अनुसार चीनबिरुद्ध नया रणनिति तय गर्न मिती र समय नतोकिए पनि बैठक यसै हप्ता बस्ने पक्का छ । ुबैठकका लागि ुरअु र ुसिआइएु का केही माथिल्लो तहका भनिएका प्रतिनिधिहरु नेपाल छिरिसकेका छनु श्रँेतले जनदिशासंग भन्यो ुयस बैठकले चीनविरोधी गतिविधिको नयाँ खाका तयार पार्ने र त्यसलाई एजेन्टहरुले आ-आफ्नो देशमा लगि गुप्तचर संस्थाका प्रमुखको लालमोहर लगाएर ल्याउने तयारी भइरहेको छ ।ुअहिले अमेरिकालाई चीनले लगभग सवै क्षेत्रमा पछाडी पार्न थालेपछि अमेरिकाले भारतलाई प्रयोग गरी तिब्बतियनहरुलाई चिनबिरुद्धका कि्रयाकलाप गर्न उक्साईरहेको छ । त्यही योजनाअनुसार केही समय तिब्बत आन्दोलन चर्काउने रणनीति तयार गर्न नै दलाई लामा र नेपालका लागि भारतीय राजदूत राकेश सुदबीच गोप्य वार्ता यसअघि नै भैसकेको छ । सो वार्तापछि नेपालमा चीनबिरोधी आन्दोलनको रणनीतिक खाका कोर्न भारत अझ सकृय भएर लागेको छ । नेपालबाट चीनविरोधी गतिविधि संचालन गर्न तिब्बतीहरुलाई सघाइरहेको भारतले तिब्बती शरणुर्थीहरुलाई उचाल्न केही दिनयता नयाँ-नयाँ योजना बनाइ रहेको पुष्टि राकेश सुद र दलाई लामाबीच भएको भेटले गरेको थियो । ुभेटपछि भारतले तिब्बती आन्दोलनलाई नयाँ तरिकाबाट संचालन गर्न नेपालको सरकारसंग शरणुर्थीहरुको बहानामा लविङ गरिरहेको छु श्रोतले भन्यो ।तिब्बती शरणार्थीले गर्ने आन्दोलनका विषयमा कुटनीतिक मर्यादा उल्लंघन गर्दै आएको भारतका कारण नेपाल र चीनबीचको सम्बन्धमा चिसोपना आउने खतरा बढिरहेका बेला भारतले थप नयाँ चाल चलेको छ । नेपालको सरकारले शरणुर्थीहरुको आन्दोलनमा हस्तÔेप र उनीहरुको गतिविधिमा कडा निगरानी राखेपछि भारतीय राजदूतले दलाई लामाले भेटेर नया योजना बनाएका हुन् । राकेश सुद र दलाई लामाबीच भएको गोप्य भेटघाटमा शरणुर्थीहरुको आन्दोलन कसरी प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो । ुराजदुत सुदले राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त रिचार्ड बेनेटले नेता लामालाई पठाएको स्वतन्त्र तिब्बत आन्दोलनमा समर्थन र नेपालबाट आन्दोलन चलाउन सहयोग गर्ने बाचा सहितको सन्देश समेत सुनाएको श्रोतको दावी छ । त्यस्तै दिल्ली सरकारले आन्दोलनका लागि थप १ अर्ब भारतीय रुपैयाँ शरणुर्थीहरुलाई उपलब्ध गराउने आश्वासन पनि राजदूत सुदले बाँडेको श्रँेतले बतायो । भारतले यसरी कुटनीतिक चाल चलेकै अवस्थामा चीन विरोधी आन्दोलनको नेतृत्वकर्ताका रुपमा ख्याती कमाएका तिब्बती धार्मिक गुरु दलाई लामाले आइतबारदेखि एकसाताका लागि अरुणााचल प्रदेशको विवादास्पद क्षेत्र तवाङको भ्रमणमा छन् । जुन क्षेत्रमा भारत र चीनबीच जटिल सीमा विवाद चल्दै आएको छ । तवाङसहित अरुणााचल प्रदेशको ठूलो भूभागलाई चीन र भारतले आफ्नो भएको दावी गर्दै आएका छन । यो विवाद पटकपटकको छलफल र बैठकबाट समेत समाधान हुन सकेको छैन ।तवाङमा भारत र चीनबीच सीमा विवाद र सन् १९५९ मा तिब्बतमा चीनबिरुद्धको बिद्रोह विफल भएपछि दलाई लामा आफ्ना साथीहरुसंग भागेर अरुणााचलको तवाङबाटै भारत छिरेका थिए । त्यसैले यस्तो विवादास्पद क्षेत्रको भ्रमण रोक्न चीनले भारतलाई आग्रह गरेपनि भारतले अटेर गरी उनको भ्रमणलाई साथ दिएको छ ।दलाई लामाले आफ्नो यात्रालाई गैरराजनीतिक भएको दावी गरेपनि जटिल सीमा विवादबारे चीनबिरुद्ध बोलेर आफ्नो भ्रमणमा राजनीतिक उद्धेश्य रहेको पुष्टि गरिसकेका छन् । दलाई लामाको यो भ्रमण भारतले नरोकेका कारण चीन र भारतबीच कुटनीतिक विवाद पनि चर्किएको छ । लामाको अरुणााचल भ्रमणबाट चीनविरोधी रवैया प्रदर्शन भएको चीनको ठहर छ ।


Read more...