Saturday, October 31, 2009

कमरेडहरु ! अघि बढौं

एकीकृत नेकपा माओवादीले आजबाट सुरु गर्ने दोस्रो चरणको आन्दोलनको कार्यक्रमलाई सफल पार्नका लागि डटेर लाग्न पार्टी अध्यक्ष प्रचण्डले कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । उहाँले कार्यकर्ताहरुलाई आन्दोलनका कार्यक्रमलाई अन्तिम समयसम्म शान्तिपूर्ण बनाउनसमेत निर्देशन दिनुभएको छ । नेवाः राज्य समितिभित्र रहेका करिब दुई हजार जिल्ल्ाास्तरीय कार्यकर्तालाई अध्यक्ष प्रचण्डले यस्ता निर्देशन दिनुभएको हो । पार्टी केन्द्रीय समितिको निर्णयका बारेमा जानकारी गराउन र राजधानी केन्द्रित आन्दोलनका बारेमा जिल्लास्तरीय कार्यकर्ताहरुका लागि माओवादी नेवाः राज्य समितिले आइतबार ललितपुरस्थित खन्नागार्मेन्टमा दुई चरणमा राजनीतिक वैचारिक प्रशिक्षणको आयोजना गरेको थियो । नागरिक सर्वोच्चताका लागि आइतबारबाट सुरु हुन थालेको माओवादी आन्दोलनको राजधानीमा हुने कार्यक्रमका लागि अन्तिम तयारीका रुपमा रहेको उक्त प्रशिक्षण हलमा एकै चरणमा सबै नअटाउने भएपछि बिहान ८ बजे र दिउँसो ३ बजे गरी दुई चरणमा कार्यक्रम साचालन गरिएका थिए । यसपालीको सङ्घर्षको कार्यक्रममा काठमाडौं उपत्यका र यस वरिपरिका क्षेत्रका कार्यकर्ताले निर्णायक भूमिका खेल्नुपर्ने बताउनुभएका अध्यक्ष प्रचण्डले इतिहासले सुम्पिएको जिम्मेवारीलाई इमान्दारिताकासाथ पूरा गर्न विशेष निर्देशन दिनुभयो । राष्ट्रपतिको असंवैधानिक कदमको खारेजी नागरिक सर्वोच्चताको स्थापना राष्ट्रिय स्वाधीनताको रक्षा शान्ति र संविधानका लागि माओवादी नेतृत्वमा राष्ट्रिय संयुक्त सरकारको माओवादी मागमा सत्ताधारी दलहरु सहमतिमा नआएपछि माओवादी आइतबारबाट दोस्रो चरणको आन्दोलनमा प्रवेश गर्दैछ । कार्यकर्ताहरुलाई निर्देशन दिने क्रममा माओवादी अध्यक्ष प्रचण्डले पार्टीले गर्न थालेको आन्दोलन सरकारमा जानका लागि हो भन्ने भ्रममा कोही पनि नपर्न आग्रह गर्नुभयो । ुपार्टी सरकारमा जानकै लागि आन्दोलन गर्न थालेको हो कि भन्नेमा कोही भ्रमित छ भने त्यो पार्टी नीति विपरीत हुनेछ भावनाविपरीत हुनेछु उहाँले आन्दोलन नागरिक सर्वोच्चता स्थापनाका लागि बढी केन्द्रित हुने कार्यकर्ताहरुलाई स्पष्ट पार्नुभयो ।अध्यक्ष प्रचण्डले मुख्य गरी िसंहदरबार घेराउ कार्यक्रम बढीभन्दा बढी कलात्मक र शान्तिपूर्ण हुने बताउनुहुँदै आन्दोलनका लागि नयाँनयाँ कलाको विकास गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । ुिसंहदरबारको गेटमा जाने २ घण्टा धर्ना बस्नेजस्तो कार्यक्रम हुन्न अहिले कलात्मकभन्दा कलात्मक बनाउनुपर्छु कार्यकर्ताहरुलाई उहाँले भन्नुभयो ुव्यानर कस्ता बनाउने अरु अरु कस्ता ल्याउने भन्ने विषयमा तपाईंहरुले पनि सोच्नु होला सबैको कला केन्द्रित गर्ने हो ।ुिसंहदबार घेराउ कार्यक्रमलाई उत्सवका रुपमा मनाउनुपर्ने भन्दै उहाँले जनताका लागि क्रान्ति उत्सव नै भएको बताउनुभयो । ुक्रान्ति जनताका लागि उत्सव नै होु प्रचण्डले कार्यकर्ताहरुलाई भन्नुभयो ुयो कार्यक्रमलाई उत्सवकै रुपमा अगाडि बढाऔं ।ुप्रशिक्षण कार्यक्रममा माओवादी उपाध्यक्ष मोहन वैद्य ुकिरणु नारायणकाजी श्रेष्ठ ुप्रकाशु महासचिव रामबहादुर थापा ुबादलु पोलिटव्युरो सदस्य तथा नेवाः राज्य समिति इन्चार्ज हितमान शाक्यले कार्यकर्ताहरुलाई विशेष उत्साहका साथ सङ्घर्षको कार्यक्रममा होमिन निर्देशन दिनुहुँदै बढीभन्दा बढी जनताको सहभागिता गराउने विषयमा ध्यान दिन निर्देशन दिनुभएको थियो । प्रशिक्षणमा उपाध्यक्ष किरणले माओवादीले सरकारमा सहभागी हुनका लागि नभई नागरिक सर्वोच्चता राष्ट्रिय स्वाधीनता शान्ति र संविधानका लागि आन्दोलन गर्न थालेको बताउनुभयो । तत्कालीन राजा ज्ञानेन्द्रले गरेका माघ १९ को ुकु र राष्ट्रपति रामवरण यादवले गरेका ुकु उस्तैउस्तै खाले भएको बताउहुँदै उहाँले ुज्ञानेन्द्रको ुकु लोकतन्त्रका विरुद्ध भएको र रामवरणको ुकु राष्ट्रिय स्वाधीनताविरुद्धको भएकोु बताउनुभयो । दुई चरणको प्रशिक्षणमा काठमाडौं भक्तपुर र ललितपुरको भूगोलमा कार्यरत विभिन्न जनवर्गीय सङ्गठन मोर्चा र विभागमा कार्यरत जिल्लास्तरको हैसियत राख्ने कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


Read more...

Saturday, October 24, 2009


Read more...

Monday, October 12, 2009

चीनको जासुसी गर्न भारतिय राजदुत मुस्ताङमा



० तिब्बतीहरु उचाल्लन मुस्ताङमा लगानी बढाउने

० सुदले बिद्यार्थीलाई हिन्दीमा गित गाउन लगाए

चीनबिरुद्ध गतिबिधि बढाउन मुस्ताङ पुगेका भारतीय राजदुत राकेश सुदले मुस्ताङमा अझ लगानी बढाउने बताएका छन ।भ्ारत सरकारको लगानीमा भएका विकास निर्माणका गतिबिधीहरुको निरीक्षण गर्ने बहानामा चीनको जासुसी गर्न शुक्रवार राजदुत रोकश सुदसहितको जम्बो भारतीय टोली हिमालपारीको जिल्ला मुस्ताङ आएको छ । जिल्लाका चिनिया प्रभावको जासुस गर्न राजदुत राकेश सुद सहितको भारतिय एक टोलि तल्लो र उपल्लो मुस्त्ााङको गतिबिधीहरुको निरीक्षण एक हप्ताको लागि पोखरा हुदैं जोमसोज आएको हो ।मुस्ताङ भ्रमणको क्रममा राजदुत सुदले भारत सरकारको ३ करोड लगानीमा मुस्ताङको कोबाङ गाउँ विकास समितिमा निर्मीत जनआदर्श मावीको भवन जनशान्ति माध्यामिक विद्यालय कागबेनीको ८० लाखमा निर्मीत पुस्तकालय उद्घाटन गरे । राजदुत सुदले बिद्यार्थीहरुलाइ हिन्दी बोल्न दवाव दिएका थिए । निरिक्षणका क्रममा योगेन्द्र उच्च मा।वि। टुकुचेमा राजदुत सुदले विद्यार्थीहरुलाई हिन्दीमा गीत गाउन लगाएका थिए ।सदरमुकाम जोमसोमको कालिगण्डकी नदिमा करिव ५ करोड बरावरको पक्की पुल निर्माणको लागि सहयोग प्रदान गर्ने कार्यक्रम रहेको छ । यसैबिच उपल्लो मुस्ताङको छोन्हुप गाविसको नामग्यल गुम्बा निमार्णको लागि ४ करोड १३ लाख सहयोग दिने कार्यक्रम समेत रहेको छ । आइतवार उपल्लो मुस्ताङ लागेका राजदुत सुदले सोमवार लोमन्थाङस्थित छोदे गुम्बामा रहेको महाकरुणा शाक्यपा विद्यालय हाताभित्रको भुमिगत खानेपानी टंकीको समेत उद्घाटन गरेका छन् । उक्त खानेपानी आयोजना १० लाख ७१ हजार १९५ रुपया ७८ पैसा भारतीय लगानीमा सम्पन्न भएको छ । मुस्ताङ भ्रमणको अन्तिम दिन असोज २९ गते मुक्तिनाथमा ३ करोडको लगानीमा निर्माणाधिन धर्मशालाको निरक्षण गर्ने कार्यक्रम छ । भ्रमणको क्रममा भारतिय राजदुतले भारत सरकारको लगानिमा नेपालको विभिन्न जिल्लामा करिव बाइस अर्व बरावरको करिव तिनसय पचासभन्दा बढि परियोजना संचालनमा रहेको बताउनु भएको छ । यसै क्रममा सोमवारनै राजदुत सुदले चीनको स्वासासित क्षेत्र तिब्बतको सिमानामा पर्ने छोन्हुप गा।वि।स।sाे नाम्ग्याल स्थित पाल नाम्ग्याल गुम्बाको समेत निरिक्ष्ण गरेका छन् । तल्लो र उपल्लो मुस्त्ाामा १७ करोड बरावरको विकास निमार्णमा लगानि भइसकेको बताउदै भारतिय लगानिको अिधंकतम प्रयोग गरे सहयोग रकममा थप गर्ने समेत बताए । टोलि मंगलवार उपल्लो मुस्ताङको लोमान्थाङ गा।वि।स। बाट तल्लो मुस्ताङका लागी प्रस्थान गर्ने छ ।


Read more...

सरकारले पुनः बिउँतायो आतङ्ककारी ऐन


माओवादी आन्दोलन दबाउन तत्कालीन देउवा सरकारले ल्याएकॊ आतङ्ककारी तथा विध्वंसात्मक कार्य नियन्त्रण तथा सजाय ऐन एमाले नेतृत्वको सरकारले पुनः बिउँताउने षड्यन्त्र गरेको छ । वर्तमान एमाले गठबन्धनको माकुने सरकारले ल्याएको विशेष सुरक्षा कार्यक्रममा ज्ञानेन्द्र राजाको पालमा सङ्कटकाल लगाउन बनाइएको आतङ्ककारी विधेयकलाई हुबहु सारेर तयार गरिएपछि उक्त कुराको खुलासा भएको हो । तत्कालीन देउवा सरकारले २०५८ मङ्सिर ११ गते ल्याएको उक्त ऐन ऐतिहासिक जनआन्दोलन-२ पछि स्वतः निष्क्रिय भएकॊ थियो । तर उक्त ऐन सरकारले हालै ल्याएको विशेष सुरक्षा कार्यक्रम ०६६ को सुरक्षाकर्मी र कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहितामा उल्लेख गरेर पुनः बिउँताएको हो ।आचारसंहितामा सार्वजनिक सुरक्षाको लागि सवैले जान्नैपर्ने कुराहरुमध्ये ७ नम्बरको बुँदामा उक्त ऐन राखिएको छ । हेर्नुहोस तस्बिरमा बुँदा नम्बर सातमा भनिएको छ ुआतङ्ककारी तथा विध्वंसात्मक कार्य नियन्त्रण तथा सजाय ऐन २०५८ बमोजिम ुकुनै पनि व्यक्तिले नेपालको कुनै पनि भागमा कुनै किसिमको शान्ति सुरक्षा र व्यवस्थामा खलल वा आघात तथा आतङ्क फैलाउने उद्देश्यले हातहतियार बम विष्फोटक पदार्थ वा अन्य उपकरण प्रयोग गर्नु हुँदैन ।ुयही बुँदाको ुकानुन उल्लङ्घन गरेमा हुने सजाय÷कारबाहीुमा भनिएको छ ुप्रयोग गरिएको सामान जफत गरी कसुरको मात्राअनुसार सर्वश्वसहित जन्मकैदसम्म हुनेछ ।ुतस्बिरमा आतङ्ककारी विधेयक बिउँताएको आरोप लाग्ने डरले छपाई गरिसकेपछि पनि साइनपेनले उक्त बुँदा काटिएको देखिन्छ । यसबाट तत्कालीन देउवा सरकारले लागू गरेको सङ्कटकालीन व्यवस्था नै यो सरकारले पनि लागू गर्न चाहेको स्पष्ट देखिन्छ । यही ऐनमा टेकेर तत्कालीन देउवा सरकारले माओवादी दबाउन सङ्कटकाल लागू गरी सेना परिचालन गरेको थियो ।मुलुकमा ठूलो राजनीतिक परिर्वतनपछि पनि सरकारले निष्क्रिय रहेको उक्त ऐन पुनः बिउँताउनलाई राजनीतिक वृत्तमा चासोपूर्वक हेरिएको छ । एकातिर माओवादीले नागरिक सर्वोच्चताका लागि आन्दोलनको घोषणा गर्ने र अर्कातिर त्यसैलाई लक्षित गरेर भिन्न नाममा आतङ्ककारी विधेयकलाई प्रस्तुत गर्नुले वर्तमान सरकार देशलाई सैनिकीकरणको दिशामार्फत फेरि मुठभेडमा लान नै उद्धत भएको पुष्टि गर्दछ ।


Read more...

Saturday, October 10, 2009

ऊर्जा मन्त्रीका सातजना तलवी सल्लाहकार

वर्तमान एमाले नेतृत्वमा रहेको सरकारका एक मन्त्रीले तलवभत्ता पाउने गरी सातजना सल्लाहकार राखेका छन ।काङ्ग्रेसको तर्फबाट नेपाल सरकारको ऊर्जा मन्त्री भएका प्रकाशशरण महतले नेपाल विद्युत् प्राधिकरणमा प्रेस सल्लाहकार वरिष्ठ कानुनी सल्लाहकार कानुनी सल्लाहकार तथा कानुनी सेवा प्रदान गर्ने नामका पदहरुको सिर्जना गरी विना खुला विज्ञापन सातजना आºना कार्यकर्ता राखेका हुन । १२ अर्ब संचित नोक्सानी र ४ अर्बको घाटाबाट गुजि्ररहेको नेपाल विद्युत् प्राधिकरणको साचालक समितिको मिति २०६६ भदौ २० को ५२४ औं बैठकबाट मन्त्री महतले सातजना सल्लाहकार नियुक्त गर्ने निर्णय गराएका छन् । उनले नियुक्त गरेका सल्लाहकारहरुमा प्रेस सल्लाहकार पदमा मासिक १६ हजार १ सय पाउने गरी छक्कबहादुर खड्का र श्याममदन केसीलाई नियुक्ति गरिएको छ । त्यसैगरी वरिष्ठ कानुनी सल्लाहकार पदमा मासिक २२ हजार ६ सय ८० पाउने गरी कुमार रेग्मी कानुनी सल्लाहकार पदमा मासिक १६ हजार १ सय पाउने गरी रामप्रसाद आचार्य र राजन अधिकारी यस्तै कानुनी सेवा प्रदान गर्ने पद सिर्जना गरी नेविप्रा दसौं तहका कर्मचारीले पाउने बराबर तलव भत्ता पाउने गरी लोकेन्द्रध्वज खाँड र शंकरदत्त बडुलाई नियुक्त गरिएको छ । नेपाल विद्युत् प्राधिकरणमा प्रेससम्बन्धी कार्य गर्ने गरी छुट्टै ुजनसम्पर्क शाखाु तथा कानुनी काम हेर्ने छुट्टै विभाग ुकानुन तथा गुनासो विभागुमा दर्जनौं कर्मचारी त्यही उद्देश्यले नियुक्त भइसकेका हुन्छन् । तर ऊर्जा मन्त्री महतले ऊर्जा सङ्कट र लोडसेडिङका कारण कर्मचारीलाई तलवसमेत खुवाउन नसक्ने अवस्थामा पुगेको विद्युत् प्राधिकरणमा आºना कार्यकर्तालाई सल्लाहकार पद सिर्जना गरी सातजनालाई तलव भत्ता दिने निर्णय गराएका छन् । उक्त निर्णयप्रति कर्मचारीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । कर्मचारी सङ्गठनहरुले विज्ञप्ति निकालेर नै नियुक्त गरिएको प्रति आपत्ति जनाएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल विद्युत् प्राधिकरणका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद ढकालले नियुक्तिप्रति आपत्ति जनाउँदै नियुक्ति अविलम्ब फिर्ता गर्नुपर्ने माग गर्नुभएको छ । ुराजनीतिक दलका कार्यकर्तालाई नियुक्त गर्ने कार्य जारी रहेमा सम्पूर्ण पेसाकर्मी आन्दोलनमा उत्रन बाध्य हुनेछौंु उहाँले भन्नुभएको छ ।


Read more...