Tuesday, August 25, 2009

सुजाताको शक्ति प्रदर्शन

० गठबन्धनलाई भत्काएर भए पनि छोरीलाई स्थापित गराउने गिरिजाको योजना
० काङ्ग्रेस नेताहरु विभिन्न गुट उपगुटमा विभाजन

परराष्ट्रमन्त्री सुजाता कोइरालाले दलबलका साथ संसदीय दलको कार्यालयमा गएर स्पष्टीकरण दिएकी छन् ।स्पष्टीकरण दिन अस्वीकार गरेकी सुजाताले मङ्गलबार आºनो पक्षमा युवाहरु जम्मा गरी नारा लगाउँदै िसंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा गई स्पष्टीकरण दिएकी हुन् ।सभासद्हरुलाई स्पष्टीकरण दिँदै उनले आपुू अस्वस्थ भएर नै प्रधानमन्त्रीसँग भारत भ्रमण जान नसकेको जिकिर गरिन् । तर संसदीय दलले भने चित्तबुझ्दो जवाफ नआएको भन्दै अबका दिनमा यो विषयलाई नकोटुउने निर्णय गरेको छ । उपप्रधानमन्त्री नपाएको झोंकमा अन्तिम समयमा आएर भारत भ्रमण रद्द गरेपछि काङ्ग्रेसभित्र तीव्र असन्तुष्टि देखिएको थियो । कतिपयले काङ्ग्रेस सभासद्हरुले उनलाई सरकारबाट फिर्ता बोलाउनुपर्ने मागसमेत गरेका थिए । विवाद बढ्दै गएपछि काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आइतबार आºनै निवासमा चियापानका नाममा नेताहरुलाई भेला गरेर सुजाताबारे टिप्पणी नगर्न निर्देशनसमेत दिएका थिए । पार्टीभित्रैबाट आलोचना खेपेकी सुजाता भारत भ्रमणमा नगए पनि स्वदेश फर्कंदा प्रधानमन्त्रीलाई स्वागत गर्न शनिबार विमानस्थलमा पुगेकी थिइन् । प्रधानमन्त्रीको भारत भ्रमणको तयारीको सिलसिलामा परराष्ट्रमन्त्री सुजाता साउन २६ गते दिल्ली पुगेकी थिइन् । भारतीय नेताहरुसँगको भेटघाटका क्रममा उनले माओवादी विरोधी राजनीतिको नेतृत्व लिनसक्ने आकांक्षा देखाएर वैकल्पिक प्रधानमन्त्रीका रुपमा आºनो दाबेदारी प्रस्तुत गरेको एक काङ्ग्रेस स्रोतले बतायो ।गिरिजाप्रसाद कुनै पनि हालतमा छोरीलाई प्रधानमन्त्रीका रुपमा अगाडि बढाउन चाहेकोले सुजाताको मनोबल बढेको काङ्ग्रेस नेताहरुले नै आरोप लगाएका छन् ।वर्तमान सरकारमा उपप्रधानमन्त्री हुन सके आगामी सरकारमा प्रधानमन्त्रीको ढोका खुल्ला हुनेमा सुजाता विश्वश्त छिन् । आºनो भारत भ्रमणको पूर्वसन्ध्यामा भदौ १ गते सभापति कोइरालाको महाराजगन्जस्थित निवास पुगेका प्रधानमन्त्री नेपालसमक्ष कोइरालाले छोरीलाई उपप्रधानमन्त्रीको सपथ खुवाउने कार्यक्रमबारे बुझ्न खोजेका थिए । तर प्रधानमन्त्री नेपाल भने बिना सहमति हतारमा कुनै पनि निर्णय नगर्ने बरु भारतबाट फर्किएपछि कुरा गर्न सकिने भन्दै उम्किएका थिए । सुजाताकै कारण भदौ २ गते शीतलनिवासमा हुने भनिएको मन्त्रिपरिषद् विस्तार पनि रोकिएको थियो । काङ्ग्रेस सभापति कोइराला र स्वयम् परराष्ट्रमन्त्री सुजाताको उपप्रधानमन्त्री बनाइदिनुपर्ने बारम्बारको आग्रह प्रधानमन्त्रीले कार्यान्वयन गर्ने आँट नदेखाए पनि सुजातालाई उपप्रधानमन्त्री बनाउन प्रधानमन्त्री माधवकुमार नेपाल असहमत नभएको बताइएको छ । तर काङ्ग्रेसका कार्यबाहक सभापति सुशील कोइराला उपसभापतिद्वय रामचन्द्र पौडेल र प्रकाशमान िसंहको आपत्तिका कारण प्रधानमन्त्री पछाडि हटेको बताइएको छ । वर्तमान सरकारका लागि पार्टी फुटाएर उपप्रधानमन्त्री बनेका विजयकुमार गच्छेदारले पनि सुजातालाई उपप्रधानमन्त्री नबनाउन बारम्बार दबाब दिइरहेका बालुवाटार स्रोतले बतायो । गच्छेदारले सुजातालाई उपप्रधानमन्त्री बनाइए सरकार छाडेर जाने धम्की प्रधानमन्त्रीलाई दिइसकेका छन् । सुजाताको व्यक्तिगत चाहना पूरा गर्दा सरकार ढल्ने सम्भावना देखेकै कारण प्रधानमन्त्री नेपाल सुजातालाई उपप्रधानमन्त्री बनाउने कि नबनाउने दोधार भएको तर आफू जीवित छँदै छोरीलाई स्थापित गर्ने प्रयासमा लागेका गिरिजाप्रसादले प्रमुख तीन दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व आफूले गरे पनि त्यसको संयोजन छोरी सुजाताले गर्न पाउनुपर्ने प्रस्ताव गर्न थालेका उनी निकट स्रोतहरु बताउँछन् । सुजाता नै गिरिजाप्रसादको मुख्य कमजोरी हो भन्ने बुझेका काङ्ग्रेस नेताहरु भने यतिबेला छटपटिएका छन । पार्टी सभापतिले जबर्जस्ती सुजातालाई स्थापित गराउने प्रयासको काङ्ग्रेसभित्रैबाट आलोचना हुन थालेको छ । तर गिरिजाप्रसाद भने वर्तमान सत्ता गठबन्धनलाई भत्काएर भए पनि सुजातालाई स्थापित गराउन चाहेपछि काङ्ग्रेस नेताहरु विभिन्न गुट र उपगुटमा विभाजन हुनसमेत थालेका छन् । शेरबहादुर देउवालगायतका नेता पनि यतिबेला सुशील रामचन्द्र र प्रकाशमान िसंहको समूहमा मिसिएका छन् । आगामी महाधिवेशनमा सघाउने आशमा गिरिजाप्रसादका सामु नतमस्तक बन्दै आएका शेरबहादुर देउवाले संसदीय दलको चुनावमा सुजाताकै कारण हार भोगेको विश्लेषण गर्न थालिएको छ ।


Read more...