Sunday, August 23, 2009

आफू एकल नेतृत्वको पक्षमाः कोइराला

७ भदौ । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले आगमी बाह्रौ महाधिवेशनमा आफू एकल नेतृत्वको पक्षमा रहेको बताउनु भएको छ । प्रधानमन्त्रीसंगको भारत भ्रमण स्थागित गरेपछि चौतर्फी आलोचना खेपिरहेका पुत्रि सुजाता कोईरालाको विषयमा छलफल गर्न काँग्रेश सभापति गिरिजाप्रसाद कोईरालाले आइतवार विहान डाकेको चियापान कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।

आफ्नै निवास महाराजगंजमा पार्टीका केन्द्रीय सदस्यहरु सहितको चियापन कार्यक्रममा सभापति कोईरालाले परराष्ट्रमन्त्रीको भारत भ्रमण स्थागित गर्नुको कारण र यसले पार्टि भित्र देखिएको विवादको विषयमा छलफल हुने वताएको भएपनि त्यस विषयमा कुरा नभएको काग्रेस ससदीय दलका नेता लक्ष्मण घिमिरेले जानकारी दिनु भयो ।
चियापानको बहाना बनाई कोइरालाले नेताहरुलाई आफ्नो छोरीको आलोचना नगर्न र उनलाई उपप्रधानमन्त्री बनाउन पहल गर्न मनाउने प्रयास गरेको एक कांग्रेस केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

पछिल्लो समयमा संसदीय दलको बैठकमा मन्त्री कोइरालालाई सरकारबाट फिर्ता बोलाई अनुशासनको कारबाही गर्नुपर्ने माग जोडतोडले उठ्न थालेपछि कोइराला चियापनको आयोजना गर्नुभएको हो । दलको बैठकले हिजोको बैठकमा लिखित जवाफ पठाएर दलको अपमान गरेको ठहर गर्दै उनलाई स-शरीर आगामी ९ गते मंगलबार बस्ने संसदीय दलको बैठकमा उपस्थित भई स्पष्टीकरण दिन अन्तिम अवसर दिएको थियो । सो बैठकमा पनि अनुपस्थित रहे उहा माथि कारबाही गर्ने तयारी भइरहेको छ । परराष्ट्रमन्त्री सुजाता कोईरालाले आफु विरामी भएको भन्दै प्रधानमन्त्री संगको भारत भ्रमण अन्तीम चरणमा आएर स्थगित गर्नुभएको थियो ।





No comments:

Post a Comment