Saturday, August 29, 2009

अध्यक्ष खनालका विरुद्ध सत्तोसराप


एमालेका शीर्ष नेताहरुबीच आपसमा आरोपप्रत्यारोप र घोचपेच मात्र नभई अब एउटै जिल्लामा फरकफरक सङ्गठन र भेलासमेत हुन थालेका छन् ।एमाले अध्यक्ष झलनाथ खनाल र अर्का वरिष्ठ नेता केपी शर्मा ओली बीचको जुहारी चर्किंदै गएपछि यस्तो अवस्था आएको हो ।नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा ओली पक्षधर कार्यकर्ताहरुले शुक्रबार अध्यक्ष खनाल पक्षधरका विरुद्ध चर्का नाराबाजी गर्दै छुट्टै भेला गरेका छन् । पार्टी संस्थापन पक्षले जिल्ला भेला गरेको तीन दिनपछि ओलीले फेरि आपुू पक्षधर कार्यकर्ता जम्मा गरेर छुट्टै भेला गरेका हुन् ।भेलालाई सम्बोधन गर्दै ओलीले संस्थापन पक्षका विरुद्ध सत्तोसराप गरे । उनले अध्यक्ष खनाललाई एमाले अध्यक्ष भएर पनि एमालेकै नीति नबुझेको आरोप लगाए । ुएमालेको नीति नबुझी माओवादीे बन्दुकको छेस्काको पछि लाग्नेले कसरी पार्टी चलाउन सक्छ उनले भने ुआठौं महाधिवेशनमा जितेको पार्टी नीतिअनुसार काम गर्नका लागि हो जङ्गबहादुर बन्न होइन ।ु उनले कसैको अनुहारमा अहंकारको टुसा पलाउन नहुने बताए ।उनले केशरजङ्ग रायमाझीले कम्युनिस्ट आन्दोलन दरबारमा बुझाएझै एमालेभित्रका केही नेताले एमाले आन्दोलन माओवादीलाई बुझाउन खोजेको आरोप लगाए । ओलीले झलनाथ खनाललाई गत बिहीबार जिल्ला भेला गरेर आºनो जात र आºना मान्छेलाई मात्र बोल्न लगाएको भन्दैप्रति तीव्र आक्रोश व्यक्त गरे । ुअस्तीको भेलमा उपि्रुने मान्छे कस्ता थिए के जातका थिए त्यो म भन्न चाहन्नु नेता ओलीले भने ुएमालेलाई राष्ट्रघाती भन्नेहरु फेरि एमालेको नेतृत्वमा आएका छन् ।ुउनले अध्यक्ष झलनाथ खनाललाई पार्टी फुटाउन लागेको आरोप लगाउँदै भने ुडमरु पीड्दा बघिनीलाई असहाय भएझैं एमाले फुटाउन खोजे ओलीलाई सह्य हुँदैन ।ु उनले अध्यक्षले आपुूलाई कारबाही गर्ने भनेर रुखको हाँगोको टुप्पामा बसेर त्यही हाँगो काट्न लागेको उदाहरण दिए । ुकारबाही नै गर्ने हो भने पार्टी विभाजनको पहाड चढेका साथीहरु छन् उनीहरुलाई गर्नुपर्छ उनले कार्यकर्ता अगाडि प्रश्न गरे ुओलीले पार्टी विभाजन गर्न खोजेको देखाउन सक्नुहुन्छ ुउनले नेतृत्वलाई यही सरकार वैधानिक हो भन्दा अध्यक्षले आपुूलाई कारबाहीको कुरा उठाएको पनि बताए । ओलीले एमालेलाई आपुूले ठूलो मिहेनत गरेर यहाँसम्म ल्याएको दाबी गर्दै भने ुअहिले चिसो भनेको कोकाकोला भनेझै पार्टी भनेको एमाले भएको छ ।ुउनले अध्यक्ष खनालले केन्द्रीय समितिले पारित गरेको दस्तावेज नभएर अर्कै दस्तावेज प्रकाशन गरेको आरोप पनि लगाए । ुपार्टीको विधान विरोधाभास भएकाले तमासा भएको छ ।ु उनले भने ुतर बैठक बस्न सकेको छैन अध्यक्ष कमरेडलाई फुस्रद छैन ।ु उनले आपुू विदेश गएको बेलामा मात्र अध्यक्षले बैठक बोलाउने गरेको गुनासो गर्दै भने ुयस्तो छलछाम तरिकाले पार्टी चल्दैन ।ुनेता ओलीले अध्यक्ष झलनाथ खनाललाई आफूले २०२८ सालमा ईलामको मङ्गलबारेबाट खोजेर ल्याई एमालेमा काम लगाइदिएको बताए । ुइलामतिर झलनाथजी हुनुहुन्छ भनेर खोजेर ल्याई पार्टीमा काम लगाइदियौंु उनले भने ुतर हामी काम लगाइदिनेहरु असफल भयौं ।ुभेलामा बोल्दै एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले अध्यक्ष झलनाथ खनाललाई पतनको संज्ञा दिँदै कारबाही गर्नुपर्ने माग गरे । उनले सबैभन्दा पहिले अध्यक्ष खनाल वामदेव गौतम अशोक राई राजेन्द्र श्रेष्ठ र योगेश ढकाललाई १ नम्बरमा कारबाही गर्नुपर्ने बताए । वामदेवले एमाले खत्तम गर्छ भन्ने मदन भण्डारीको भनाइ यतिखेर पुष्टि हुँदै गएको उनले दाबी गरे । वामदेवले एमालेलाई माओवादीमा विलय गराउन खोजेको नेता श्रेष्ठको भनाइ थियो । ुनेता एमालेको भाषा बोल्ने माओवादीको प्रवृति मूर्दावादु भन्दै श्रेष्ठले हलमै वामदेवविरुद्ध नाराबाजी गरेका थिए ।उनले काठमाडौं जिल्ला कमिटीमा अहिले अरुले रजाई गरेको दाबी गर्दै प्रश्न गरे ुमैले बनाएको विरासतमा अहिले अर्कै जातका योगेश र राजेन्द्रले रजाई गर्ने ुयस्तै अर्का केन्द्रीय सदस्य भानुभक्त ढकालले एमाले फुटाउन पार्टी नेतृत्व नै लागेको बताए । एमाले संस्थापन पक्षले काठमाडौं जिल्ला कमिटी पुनर्गठन गरेपछि पार्टीमा विवाद चुलिँदै गएको हो । सङ्गठन पुनर्गठनका क्रममा अध्यक्ष खनालले ओली पक्षका सचिव रामेश्वर फुयाललाई हटाएपछि असन्तुस्ट पक्षले अलग भेला बोलाएको हॊ । दुई दिनअघि संस्थापन पक्षको कार्यकर्ता भेलाले जिल्ला सङ्गठन कमिटीको संयोजक गोविन्दकृष्ण अधिकारीलाई चयन गरेको थियो । झलनाथ पक्षले ओली पक्षको सो भेलालाई गुटबन्दी मात्रै भएको बताएको छ । ७३ मध्ये २६ जना सदस्य मात्रै ओली पक्षसँग भएकाले ओलीले गरेको भेला गुटबन्दी भएको झलनाथ पक्षको दाबी छ ।

No comments:

Post a Comment