Tuesday, August 18, 2009

सुजाताको झाडापखालाले २२ पुतली सरकार संकटमा

२२ पुतली सरकारका प्रधानमन्त्री माधवकुमार नेपालको पाँच दिने औपचारिक भारत भ्रमण परराष्ट्रमन्त्री सुजाता कोइरालाले बहिष्कार गरेकी छिन् ।उनले उपप्रधानमन्त्री हुन नपाएको झोंकमा परराष्ट्रमन्त्री कोइरालाले बहिष्कार गरेकी हुन् ।मङ्गलबार जम्बो टोलीका साथ भारत
भ्रमणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका प्रधानमन्त्री माधव नेपाललाई परराष्ट्रमन्त्री सुजाता कोइरालाले फोन गरेर स्वास्थ्यको कारण देखाउँदै भ्रमण स्थगित गरेको जानकारी दिएकी थिइन् ।मङ्गलबार मन्त्रिमण्डल बनाएर उपप्रधानमन्त्री बनाउने पूर्वसहमतिअनुसार उपप्रधानमन्त्री नबनाइएकाले उनले भ्रमण स्थगित गरेकी थिइन् । काङ्गे्रस सभापति गिरिजाप्रसाद कोइरालाले पुत्री सुजाता कोइरालालाई मङ्गलबार नै उपप्रधानमन्त्रीको सपथ गराएर भारत भ्रमण जान भने पनि माधव नेपालले भ्रमणपछि मात्रै सपथ गराउने बताएपछि कोइरालाले अन्तिम समयमा असन्तुष्टि व्यक्त गर्दै भ्रमण बहिष्कार गरेकी थिईन ।केही दिनअघिको साता दिनव्यापी भारत भ्रमणपछि नेपालमा आºनो प्रभाव बढेको दाबी गर्दै आएकी कोइरालाले भ्रमणका बेला आपुू अर्को चोटी आउँदा उपप्रधानमन्त्री भएर आउने भारतीय नेताहरुलाई बताएकी थिइन् । तर अहिले पुरानै हैसियतमा भारत जानुपर्ने भएपछि इन्कार गर्दै भ्रमण बहिष्कार गरेकी हुन ।प्रधानमन्त्रीस्तरको औपचारिक विदेश भ्रमणमा परराष्ट्रमन्त्री अनिवार्य सहभागी हुने गरेको परम्परा रहेको छ । यसलाई विश्व कूटनीतिक प्रचलनको अभिन्न अङ्गका रुपमा पनि लिने गरिन्छ । त्यसैले प्रधानमन्त्रीको औपचारिक विदेश भ्रमणमा परराष्ट्रमन्त्रीको अनुपस्थितिले वर्तमान २२ पुतली सरकारलाई पहिलो गासमै ढुङ्गा लागेको छ ।यसले सरकारको आयु पनि धरापमा परेको छ । राजकीय भ्रमणमा परराष्ट्रमन्त्रीको ९९ प्रतिशत उपस्थिति हुने गरेको छ ।


Read more...

Monday, August 17, 2009


Read more...

Sunday, August 9, 2009

सरकार मुठभेडको तयारीमा

वर्तमान एमाले नेतृत्वको सरकार मुठभेडको तयारीमा रहेको प्रधानमन्त्री माधवकुमार नेपालले सङ्केत गर्नुभएको छ । एक महिनाभित्र सम्बो

वर्तमान एमाले नेतृत्वको सरकार मुठभेडको तयारीमा रहेको प्रधानमन्त्री माधवकुमार नेपालले सङ्केत गर्नुभएको छ । एक महिनाभित्र सम्बोधन गर्ने भनिएको राष्ट्रपतिको कदम र नागरिक सर्वोच्चताबारे माओवादीले उठाएको मागलाई अन्तिम समयमा सम्बोधन गर्न नसक्ने बताएर नेपालले मुठभेडको सङ्केत गर्नुभएको हो ।प्रधानमन्त्री नेपालको निजी निवास कोटेश्वरमा शनिबार बिहान माओवादी अध्यक्ष प्रचण्डसँगको छलफलमा प्रधान्ामन्त्री नेपालले भन्नुभयो ुराष्ट्रपतिको असंवैधानिक कदम र नागरिक सर्वोच्चताको सन्दर्भमा मैले केही गर्न सक्तिनँ ।ुप्रम नेपालले राष्ट्रपतिको कदमविरुद्ध सदनमा छलफल हुन नसक्ने बताउँदै राष्ट्रपतिमाथि महाअभियोग लगाउन चुनौती दिएको वार्तामा सहभागी माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनदिशालाई जानकारी दिनुभयो ।ुसदनमा छलफल गर्न सकिँदैन बरु महाअभियोग प्रस्ताव ल्याउनुहोसु माधव नेपाललाई उद्धृत गर्दै श्रेष्ठले जनदिशासँग भन्नुभयो ।जवाफमा माओवादी अध्यक्ष प्रचण्डले महाअभियोग ल्याउनका लागि आपुूहरुलाई साथ दिन प्रधानमन्त्री नेपाललाई आग्रह गर्नुभएको थियो । ुतपाईंले सहयोग गर्नुहुन्छ भने हामीले ल्याइहाल्छौं भन्यौंु अध्यक्ष प्रचण्डले भन्नुभयो ।युरोप प्रस्थान गर्ने क्रममा त्रिभुवन विमानस्थलमा अध्यक्ष प्रचण्डले संवाददाताहरुसँग माओवादी तत्काल राष्ट्रपतिलाई हटाउनुपर्छ भन्ने पक्षमा नभएको स्पष्ट पार्नुभयो ।ुहामीले राष्ट्रपतिको राजीनामा अहिले भनेका छैनौं राष्ट्रपतिलाई निकाल्ने कुरा पनि गरेका छैनौं हामीले के भनेका छौं भने राष्ट्रपतिको कदम गलत छ ।ु उहाँले भन्नुभयो ुत्यो बारेमा औपचारिक ढङ्गले हामीलाई सदनमा बहस गर्न दिइयोस् त्यत्ति हो अरु केही होइन ।ुछलफलमा प्रधानमन्त्री नेपालले माओवादी र सरकारबीचको असमझदारी हटाउन नयाँ कार्यदल निर्माणको प्रस्ताव पनि गर्नुभएको थियो । नेपालले पुनः अर्को कार्यदलको प्रस्ताव राखेको तर माओवादीले समस्याको समाधान गर्ने भए पुरानै कार्यदल काफी हुने भन्दै नेपालको प्रस्तावलाई अस्वीकार गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।प्रधामन्त्री नेपालले सदन अवरोध नगर्न र आन्दोलनका कार्यक्रम फिर्ता लिन मात्र माओवादी नेताहरुसँग आग्रह गर्नुभएको थियो । तर माओवादीले राष्ट्रपतिको कदम र नागरिक सर्वोच्चताका बारेमा सदनमा छलफल हुनुपर्ने या त प्रधानमन्त्रीले राष्ट्रपतिको कदम असंवैधानिक छ भन्नुपर्ने अडान राखेको थियो । असार २२ गते भएको सहमतिअनुसार एक महिनाभित्रमा प्रधानमन्त्रीले सदनमा माओवादीको मागका बारेमा सम्बोधन गर्ने बताइएको थियो । तर घोषित समय बितिसक्दा पनि कुनै सरकारले कुनै चासो नदिएपछि माओवादीले सदनमा सङ्घर्ष सुरु गरेको छ भने सडक आन्दोलनका कार्यक्रमहरु पनि सार्वजनिक गरिसकेको छ ।यता प्रम नेपालले भने माओवादी आक्रामक रुपमा प्रस्तुत भए आपुूहरु चुप लागेर नबस्ने बताउनुभएको छ । ुमाओवादीको अगाडि हामी घुँडा टेकेर बस्दैनौंु संविधानसभाको चुनावमा आपुू पराजित काठमाडौं निर्वाचन क्षेत्र नं। २ का कार्यकर्ता भेटघाटमा नेपाललॆ माओवादीको आन्दोलनले सरकारका काम कारबाहीमा अवरोध गरे बाटो सफा गरिने बताउनुभयो ।प्रधानमन्त्री नेपालका यी अभिव्यक्तिले सरकार माओवादी माग पूरा गर्नतिर भन्दा मुठभेडतिर उन्मुख भएको सङ्केत गरेको छ । स्रोतका अनुसार प्रधानमन्त्री नेपाल माओवादी बाहेकका दलहरुसँग माओवादी आन्दोलन दमन गर्ने सहमति प्रयासमा लाग्नुभएको छ । प्रधानमन्त्री नेपाल माओवादी माग पूरा गरेर सहमतिको वातावरण सिर्जना गर्नेतिरभन्दा अझ उत्तेजित पार्न भारतबाट हतियार ल्याउने र विभिन्न सन्धिहरुमा भारतसँग सम्झौता गर्ने तयारीमा रहेको बताइएको छ । जसले गर्दा सरकार सहमति नभएर मुठभेडको तयारीमा रहेको माओवादीको आरोप छ । माओवादीले प्रधानमन्त्री माधव नेपालको आगामी भारत भ्रमणका बेला भारतसँग कुनै सन्धि सम्झौता नगर्न आग्रहसमेत गरेको छ । यसबारे माओवादी नेताहरु प्रधानमन्त्रीबीच गम्भीर छलफल भएको थियो । भारत भ्रमणका क्रममा सुपुर्दगी सन्धिमा कुनै पनि हालतमा हस्ताक्षर नगर्न र एयरपोर्टमा स्क्यानिङ मेसिन राख्ने भारतीय प्रस्तावलाई स्वीकृति नदिन पनि माओवादी शीर्ष नेताहरुले प्रधानमन्त्री नेपाललाई चेतावनी दिएको बताइएको छ । विगत लामो समयदेखि विवादित रही आएको नेपाल भारतबीच १९५० को असमान सन्धिलाई पूर्ण रुपमा खारेज गरेर मात्रै नयाँ सन्धि गर्न सकिने भन्दै त्यसलाई संशोधन वा पुनरावलोकनमा सहमति नजनाउन माओवादी नेतृत्वले प्रधानमन्त्रीलाई सचेत गराएको थियो । छलफलमा प्रधानमन्त्री नेपालले पाचेश्वर योजनाका बारेमा भारतसँग कुराकानी भएको भन्दै त्यसका लागि माओवादीको सहमति खोजेको बताउनुभएको थियो । तर माओवादीले अहिले कुनै पनि योजना र परियोजनामा स्वीकृति दिनु उचित नभएको जवाफ दिएको छ ।


Read more...