Wednesday, August 5, 2009

पत्रकारिता आन्दोलनले गुमायो एक असल योद्धा


जनदिशा दैनिकका कपिलबस्तु संवाददाता तथा क्रान्तिकारी पत्रकार संघ नेपाल अवध राज्य समिति सदस्य एवं कपिलवस्तु जिल्ला अध्यक्ष सिपि शर्माको मंगलवार राती सडक दुर्घटनामा परि निधन भएको छ । नेपाल पत्रकार महासंघका कपिलवस्तु जिल्ला कोषाध्यक्ष समेत रहेका शर्मा उहा लामो समयदेखी जनपक्षिय पत्रकारीतामा कृयाशिल हुनुहुन्थ्यो । वाणगंगा ४ निवासी शर्मा पछिल्लो समयमा एविसी टेलिभिजनका जिल्ला संवाददाता पनि हुनुहुन्थ्यो । २०३९ साल फागुन २८ गते अर्घाखाचीको सुवर्णखाल गाविसमा जन्मिनुभएका पत्रकार शर्माको एक श्रीमती र एक छोरा र एक छोरी छन । पुर्वपश्चिम राजमार्गको चन्द्रोटावाट शिवपुर जादै गरेको लु ४ प १८०४ नम्वरको मोटरसाईकल रोकी राखेको ना ३ ख ६०६ नम्वरको ट्कमा राती १० वजे तिर ठोकिदा उनि संगै अन्य २ जनाको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।दुधाधारी मावी गुगौलीका शिक्षक प्रकाश वस्याल र शिवगढी निवासी गणेस विष्टको दुर्घटनामा मृत्यु भएको हो । पत्रकार शर्माको वुधवार वाणगंगा नदिको लक्ष्मण घाटमा दाहसंस्कार गरिएको छ । अन्तिम श्रद्धााजली दिन एकिकृत माओवादीका नेता तथा कार्यकर्ताको घाट पुगेका थिए । शर्माको निधन प्रति क्रान्तिकारी पत्रकार संघले शोक विज्ञप्ती निकालेर श्रद्धााजली व्यक्त गरेको छ ।शर्माको निधनबाट क्रान्तिकारी पत्रकार संघका एकजना कुशल सदस्य र क्रान्तिकारी पत्रकारिता आन्दोलनले एकजना असल योद्धा गुमाएको छ ु क्रान्तिकारी पत्रकार संघ नेपालकेन्द्रिय समितिद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ुयो दुःखद घडीमा हामी शर्माप्रति हार्दिक श्रद्धााजली अर्पण गर्दछौं । हाम्रा सहयोद्धाको निधनले हाम्रो संघ मर्माहत भएको छ ।ुकार्यालय सचिव दीपक सापकोटाद्धारा जारी बिज्ञप्तीमा शर्माका परिवार तथा आफन्तजन एवम् क्रान्तिकारी पत्रकारहरुप्रति हार्दिक समवेदन पनि व्यक्त गरिएको छ ।यस्तै क्रान्तिकारी पत्रकार संघ अवध राज्य र रुपन्दैही जिल्लाले पनि बिज्ञप्तीमार्फत श्रदााजली दिएका छन ।


Read more...

वाईसिएल स्यमसेवक



झाडा पखाला प्रभावित क्षेत्रमा स्वयमसेवको रुपमा

काम गर्न जान लागेका वाईसिएल स्यमसेवकहरु ।

उनिहरुलाई बुधवार माओवादी नेता गिरिराजमणी

पोखरेलले बिदाई गर्नुभयो ।


Read more...

चासो अनमिनको


एकीकृत माओवादीले घोषणा गरेको आन्दोलनबारे नेपालस्थित संयुक्त राष्ट्रसंघीय नियोग अनमिनले चासो व्यक्त गरेको छ । माओवादी संविधानसभा दलको कार्यालयमा बुधबार बिहान भएको भेटमा अनमिन प्रतिनिधिले माओवादीले हालै सार्वजनिक गरेको साढे दुइ महिना लामो आन्दोलनले शान्ति प्रकृया, संविधान लेखन लगायतमा प्रभाव पार्ने भन्दै चासो व्यक्त गरेका थिए ।
दलहरुबीचको दूरीको कारण उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण समेत अन्यौलमा परेको भन्दै सहमतिका लागि प्रतिबद्ध हुन अनमिनले आग्रह गरेको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । भेटमा संविधान निर्माण, शान्ति प्रकृया, सेना समायोजन लगायतका बिषयमा माओवादी प्रतिबद्ध रहेको नेतृत्वले विश्वास दिलाएको श्रेष्ठले बताए ।
अनमिनले संयन्त्र निर्माणमा सहमति जुटाउन उच्चस्तरीय छलफल अघि बढाउन सुझाव दिएको थियो । सेना समायोजन तथा शान्ति प्रकृया निष्कर्षमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्दै आएको अनमिनले तोकिएकै समयमा कार्य सम्पन्न गर्न घोषित आन्दोलनले अप्ठ्यारो पार्ने भन्दै माओवादी नेतृत्व भेटेको हो ।


Read more...